सुशीला कार्कीमा देशलाई स्थिर बनाउने क्षमता छ भन्ने विश्वास गुमाएँ : बजगाईं
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसद् राजेन्द्र बजगाईंले प्रधानमन्त्री सुशीला कार्कीमा देशलाई स्थिर बनाउने क्षमता छ भन्ने विश्वास आफूले गुमाएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै बजगाईंले कार्कीसँग मार्गदर्शन पनि नभएको बताए । ‘सुशीला कार्कीको व्यक्तिगत इमान्दारीमा म शंका गर्दिन, तर मैले उनको देशलाई स्थिर बनाउने क्षमता र मार्गदर्शनमा विश्वास गुमाएँ,’ बजगाईंले लेखेका छन् ।
उनले पूर्वप्रधानन्यायाधीशको अनुभवका कारण कार्की आन्दोलनलाई संवैधानिक रूपमा सुरक्षित र न्यायसंगत रुपमा अवलम्बन गर्न सक्षम हुनेछिन् भन्ने विश्वास पहिला आफूमा रहेको भए पनि अहिले त्यो विश्वास गुम्न गएको उल्लेख गरेका छन् । आन्दोलनका मागहरू संवैधानिक रूपमा व्यवस्थित नगरी पार्टी भंगहरूमा संलग्न देखिनु, अनौपचारिक शक्तिसँग सम्झौतामा हस्ताक्षर गर्नु, र संवैधानिक सीमाहरू नाघेर कार्की सरकारले ठूलो कमजोरी गरेको बजगाईंले बताएका छन् ।
सरकारले भ्रष्टाचारको अनुसन्धानका लागि कुनै आयोग गठन नगरेको, ठूलो हिंसा र जनमाथिको हत्याविरुद्ध कुनै ठोस कदम नउठाएको पनि आरोप लगाएका छन् ।
बजगाईंले आफूले अमेरिकी व्यवसाय नेपालमा ल्याउन लाइसेन्स दिन आफूले अर्थमन्त्री रामेश्वर खनालमार्फत गरेको आग्रह अस्वीकार गरेको भडास पनि पोखेका छन् । उनले आफूले अमेरिकी कम्पनी स्टारलिंकलाई नेपाल ल्याउन दिन आग्रह गरेको भए पनि अर्थमन्त्री खनालले चीनले नेपालमा ल्याउन अवरोध गरेको बयानवाजी गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण