मोरक्कोलाई दोस्रो पटक अरब कपको उपाधि
शुक्रबार, ०४ पुस २०८२, ११ : २४
काठमाडौँ । मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा अरब कप २०२५ को उपाधि जितेको छ। कतारको लुसेल स्टेडियममा बिहीबार राति भएको खेलमा विजेता टोलीका लागि अब्देर्राजक हमदल्लाहले दुई गोल गर्दा ओसामा तन्नानेले एक गोल थपे । जोर्डनका लागि दुवै गोल अली ओल्वानले गरे ।
हमेद अल्लाहले ८८औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए । त्यसपछि उनले नै १०० औँ मिनेटमा निर्णायक गोल गर्दै अफ्रिका कप अफ नेसन्सअघि मोरोक्कोलाई उपाधि दिलाए ।
खेलको चौथो मिनेटमा जोर्डनका अली ओल्वानले ४८ औँ मिनेटमा हेडरमार्फत बराबरी गोल गरे । खेलको ६८ औँ मिनेटमा पेनाल्टीमार्फत उनले नै जोर्डनलाई २–१ को अग्रता दिलाएका थिए । तर, अन्तिम क्षणमा हमेदले खेल मोरोक्कोको पक्षमा लिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण