नेपाल क्लियरिङ्ग हाउसको चौधौँ वार्षिक साधारण सभा सम्पन्न
सारांश
- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न गर्यो र १५ प्रतिशत बोनस शेयर दिने निर्णय गर्यो।
- कम्पनीले पुँजी वृद्धिमार्फत भुक्तानी प्रणाली विकास र जोखिम व्यवस्थापन सुदृढ गर्ने जनाएको छ।
- वार्षिक सभाले नेपालपे कार्डको घोषणा गर्यो, जसअन्तर्गत दुई बैंकबाट जारी र १२ बैंकबाट कारोबार सुरु भएको छ।
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को आफ्नो चौधौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी रु. १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० बराबरको हनेछ । कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ ।
आ.व. २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरू राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरूको संख्या ६७ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ४प्रतिशतले वृद्धि भएको छ ।
बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरू निर्विरोध रूपमा निर्वाचित गरेको छ । विकास बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा साङ्ग्रिला डेभलपमेन्ट बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरूबाट प्रतिनिधित्व गर्दै आई.सि.एफ.सि. फाइनान्स लि.का नायव महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन् ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।
वार्षिक साधारण सभाबाट नेपालपे कार्डको पनि घोषणा गरिएको छ । सभाको विविध प्रस्ताव अन्तर्गत सो घोषणा गरिएको हो । नेशनल कार्ड स्कीम अन्तर्गत सुरुवात गरिएको सो नेपालपे कार्डको हाल दुई वटा बैंक वित्तीय संस्था मार्फत इस्यूइङ्ग तथा १२ वटा बैंक वित्तीय संस्थाबाट अक्वयरिङ्गको कार्य सुरु भएको छ ।
एनसीएचएलले आफ्नो पुनः लगानीको अवधारणा अनुरूप नेपालमा विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै डिजिटल भुक्तानीको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । एनसीएचएलमा हाल ५४ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा १०० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरुको रूपमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण