बास्केटबल प्रतियोगिता हुने
काठमाडाैँ । नेपाल बास्केटबल संघको आयोजनामा लिनिङ बास्केटबल प्रतियोगिता हुने भएको छ । सोमबारदेखि २७ तारिखसम्म बौद्धस्थित डंकमान्डुमा ६ दिने प्रतियोगिता हुँदैछ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा कुल १२ टोलीको सहभागिता हुने भएको छ । हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचएनबिएल) को आगामी संस्करणका लागि छनोट प्रतियोगिताका रूपमा आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
छनोटमा सेमिफाइनल पुग्ने चारवटा टोलीले राष्ट्रिय लिगमा स्थान बनाउनेछन् । राष्ट्रिय लिगको मिति भने तय भइसकेको छैन । छनोट प्रतियोगितामा सहभागी टिमहरूलाई कुल चार समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका शिर्ष दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताले नेपाली बास्केटबलको उत्कृष्ट प्रतिभा र उच्चस्तरीय प्रतिष्पर्धा प्रश्तुत गर्ने अपेक्षा गरिएको छ ।
बास्केटबल खेललाई व्यावसायिक बनाउन यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । प्रतियोगिताको प्रायोजक लिनिङले सदैव नेपाली बास्केटबलको विकास र प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।
ग्रासरुटदेखि व्यावसायिक तहसम्मको बाटो सुदृढ बनाउने उद्देश्य प्रतियोगिता आयोजना गरेको संघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण