शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उज्यालो पार्टीबाट सांसद बन्न गण्डकीका १६ जनाले टिपाए नाम, पुलिस रिपोर्ट हेरेर मात्रै टुङ्गो लाग्ने

आइतबार, ०६ पुस २०८२, १९ : ४९
आइतबार, ०६ पुस २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीबाट समानुपातिक सांसद बन्न गण्डकी प्रदेशबाट १६ जनाले नाम टिपाएका छन्।
  • प्रदेश संयोजकका अनुसार बैठक र छलफलपछि मात्रै नाम टुङ्गो लगाइनेछ, र सबैको पुलिस रिपोर्ट अनिवार्य हुनेछ ।
  • पोखरामा भएको भेलाले पुसभित्र ११ वटै जिल्लाको तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

पोखरा । कुलमान घिसिङकाे संरक्षणमा गठित उज्यालो नेपाल पार्टीबाट समानुपातिक सांसद बन्न गण्डकी प्रदेशबाट १६ जनाले आफ्नो नाम टिपाएका छन् । पार्टीले सार्वजनिक रूपमा गरेको आह्वानमा उनीहरुले आफ्नो नाम समानुपातिक सांसदका लागि टिपाएका हुन् । 

तर, सबै परिचित नभएका कारण बैठक राखेर छलफलबाट मात्रै नाम टुङ्गो लगाइने प्रदेश संयोजक मनराज गुरुङले जानकारी दिए ।

‘नामहरू आएको छ । सबै पात्र चिनिएका छैनन् । भेटघाट गरेर आन्तरिक छलफल पछि मात्रै नाम टुङ्गो लाग्छ,’ उनले भने, ‘पार्टीले सबैको पुलिस रिपोर्ट अनिवार्य पेस गर्न भनेको छ । फौजदारी अभियोगमा नलागेका व्यक्ति मात्रै हामी छनोट गर्छौँ ।’ गुरुङका अनुसार उम्मेदवार आकाङ्क्षीमध्ये कास्कीकै बढी छन् ।

पोखरामा आइतबार भएको भेलाले पुस महिनाभित्र ११ वटै जिल्लाको तदर्थ समिति गठन गर्ने र पालिका संयोजक तोकिसक्ने निर्णय गरेको छ । यसका लागि पार्टीमा आबद्ध हुन र सम्पर्क गर्न पनि अपिल गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप