पर्सामा हतियारसहित किन आए भारतीय प्रहरी ?
काठमाडौँ । पर्सामा हतियारसहित भारतीय बर्दीधारी सुरक्षाकर्मी नेपालको सीमानामा प्रवेश गरेपछि स्थानीयले अवरोध गरेका छन् ।
शुक्रबार भारतीय सीमावर्ती क्षेत्र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ मा हतियार र बर्दीमा आएका उनीहरूलाई स्थानीयले रोकेका हुन् ।
स्थानीयले रोकेपछि भारतीय सुरक्षाकर्मीले आफूहरू ज्याकेट खरिद गर्न धोबिनी बजारमा आएको जवाफ दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
स्थानीय प्रहरीले उनीहरूलाई सम्झाई, बुझाई गरेर फिर्ता पठाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाल प्रहरीले उनीहरूसँग कुरा गरेर फिर्ता पठाएको बताए ।
उनले भने,‘उहाँहरु सीमावर्ती बजारमा सरसामान खरिद गर्न आउनुभएको रहेछ, समन्वयमा फिर्ता जानुभएको छ ।’
प्रजिअ दाहालले भारतीय सुरक्षाकर्मी कुनै अपरेशनमा नआएको जानकारी दिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बर्दीधारी भारतीय सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण