बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

कब्जा गरिएका नयाँ बस्तीहरू अनुमोदन गर्ने इजरायली निर्णयको निन्दा

मङ्गलबार, ०८ पुस २०८२, १४ : २४
मङ्गलबार, ०८ पुस २०८२

काठमाडौँ । कब्जा गरिएको पश्चिम किनारमा १९ नयाँ बस्तीहरू अनुमोदन गर्ने इजरायलको निर्णयको क्यानडाले निन्दा गरेको छ ।

‘बस्तीहरूको निरन्तर विस्तार अन्तर्राष्ट्रिय कानुनको विरुद्ध हो र यसले २० बुँदे शान्ति योजनालाई खतरामा पार्छ ।’  क्यानडाका विदेश मन्त्री अनिता आनन्दले बताइन् । 

‘यस्ता कदमहरूले दुई–राज्य समाधानको सम्भावनालाई स्पष्ट रूपमा कमजोर बनाउँछ र इजरायल र प्यालेस्टाइनका जनताको लागि शान्ति र सुरक्षाको अन्तिम उद्देश्यलाई हानि पुर्‍याउँछ,’ उनले अगाडि भनिन् । 

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हालै कब्जा गरिएको पश्चिम किनारमा १९ नयाँ बस्तीहरूलाई मान्यता दिने निर्णय गरेको थियो ।

अति–दक्षिणपन्थी नेता तथा अर्थमन्त्री बेजालेल स्मोट्रिचले रक्षामन्त्री इजरायल काट्जसँगै उक्त प्रस्ताव पेस गरेका थिए ।

यो निर्णय प्यालेस्टिनी राज्यको स्थापना रोक्नको लागि गरिएको स्मोट्रिचले बताएका थिए । साउदी अरबले पनि इजरायलको कदमको निन्दा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप