आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध मिसिल झिकाउने आदेश
सारांश
- तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चले मिसिल झिकाउने आदेश दिएको छ।
- विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै जरिवाना र बिगो असुल गर्ने फैसला गरेको थियो।
- खड्का र नेपाल सरकार दुवैले विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए, जसलाई एकैसाथ सुनुवाइ हुनेछ।
काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत भदौ २४ गते अदालत आगजनीका कारण नष्ट भएकाले मिसिल प्राप्तिको आदेश गरेको हो । मिसिल प्राप्त भई प्रमाणीकरण भएपछि पेसी तोकेर प्रारम्भिक रुपमा सुनुवाइ हुनेछ ।
यसअघि गत भदौ १० गते पेसी तोकिएकोमा हेर्न नभ्याउनेमा सूचीमा परेको थियो ।
२०८० असार १५ गते विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो असुल गर्ने र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको थियो । त्यससँगै उनका घरजग्गा, सेयर, नगद तथा बैंक मौज्दात जफत गर्ने आदेश दिएको थियो ।
विशेष अदालतले खड्काले सम्पत्ति श्रीमती शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा लुकाएको ठहर गर्दै तीन कित्ता घरजग्गासमेत जफत गर्ने आदेश दिएको थियो ।
विशेषको निर्णयविरुद्ध खड्काले २०८१ फागुन २२ गते र नेपाल सरकारले २०८० चैत १२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवै पुनरावेदनलाई एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गर्न पेसी तोकेको हो ।
विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला र डा. खुसीप्रसाद थारूको इजलासले खड्कालाई गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष तीन महिना कैद सजायसहित बिगो असुल र जरिवाना गर्ने फैसला सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण