मुख्यमन्त्री कार्कीद्वारा म्याङ्लुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तेह्रथुम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्लाको म्याङ्लुङ नगरपालिकाको नवनिर्मित बसपार्क र मेयङलुङ कृषि शीतभण्डारको उद्घाटन गरेका छन् । म्याङ्लुङ नपा–२ स्थित बसपार्क र नपा–९ साब्लास्थित मेयङलुङ शीतभण्डारको मंगलबार मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार जनताको हितका लागि काम गर्न सधैँ तत्पर रहने बताए । जनताको हितका लागि निर्माण गरिएका संरचनाहरूको संरक्षणमा सरकारलाई सबैले सघाउनुपर्नेमा उनको जोड थियो ।
तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा बसपार्क व्यवस्थित नहुँदा नागरिकहरूले सास्ती भोग्नुपरेको अवस्थामा प्रदेश सरकारको लगानीमा व्यवस्थित बसपार्क निर्माण भएको हो । प्रदेश सरकारको रु सात करोड ५३ लाख लागतमा अपाङ्गमैत्री शौचालय, टर्मिनल भवन, बसपार्क पहुँच मार्ग, बस विश्राम सेड, बसपार्क क्षेत्र आरसिसी र गार्ड हाउस निर्माण गरिएको छ ।
आशिस आशीर्वाद जेभी निर्माण कम्पनीले विसं २०७६ साल असारमा सम्झौता गरी २०८१ असारमा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । नौ जना स्थानीयहरूले १० रोपनी जग्गा दान गरेर उपलब्ध गराएको जग्गामा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत ढेड वर्षअघि नै बसपार्क निर्माण सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालय, तेह्रथुमले म्याङ्लुङ नगरपालिकालाई नवनिर्मित बसपार्क हस्तान्तरण गरेको छ । नगरपालिकाले नियमानुसार बसपार्क सञ्चालन र मर्मत सम्भारको जिम्मा पाएपछि अब लगत्तै सञ्चालनमा ल्याउने म्याङ्लुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए ।
नपा–९ साब्लामा कियाचु कृषि सहकारी संस्थाले विसं २०७७ सालयता एक हजार मेट्रिक टन क्षमताको ‘मेयङलुङ कृषि शीतभण्डार’ सञ्चालनमा ल्याएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ सरकारको रु तीन करोड, म्याङ्लुङ नगरपालिकाको रु १५ लाख र सहकारीको आफ्नो रु एक करोड ३४ लाख बजेटमा १४ रोपनी चार आना जग्गामा शीतभण्डार निर्माण निर्माण गरिएको छ ।
शीतभण्डार सञ्चालन भएपछि बजार अभावका कारण किसानहरूको बारीमै किबी र सुन्तला शीतभण्डारमा केही समय भण्डारण गरेर बेच्दा बजार अभावको समस्या हटेको छ । त्यस्तै आलु कुहिएर महँगोमा किन्नुपर्ने आलुको बिउ शीतभण्डारमा भण्डारण गर्न थालेपछि कृषकहरूले बजारमा सस्तोमा पाउन थालेका छन् ।
किसानका लागि सञ्चालनमा ल्याइएको शीतभण्डारको उपयोगिताको बारेमा किसानहरू अनभिज्ञ हुँदा सुरुमा सहकारीलाई शीतभण्डार सञ्चालनमा निकै सकस परेको कियाचु कृषि सहकारी संस्थाका अध्यक्ष टङ्कमाया तिगेलाले बताए ।
जिल्लामा पहिलोपटक सञ्चालनमा आएको प्रविधिको प्रयोग गर्न किसानहरूमा अनभिज्ञता भएपछि जिल्लाका विभिन्न कृषक समूहहरूमा सहकारीले शीतभण्डार शिक्षा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको थियो । त्यतिले मात्र नभएपछि सहकारीले आफैँ किसानका बगैँचामा गएर सुन्तला, किबी फलफूल खरिद गरी शीतभण्डारमा भण्डारण गरेर बजारमा बेच्न निकाल्ने, आलु खरिद गरी आलुको बिउ बिक्री गर्ने गरेर किसानहरूलाई डेमो देखाएपछि अहिले भने शीतभण्डारमा स्वतःस्फूर्त भण्डारण गर्न ल्याउने किसानहरू बढेको अध्यक्ष तिगेलाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण