शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

खेल्ने अवसर खोज्दै एन्ड्रिक फ्रान्सेली क्लब लियोन प्रस्थान

बुधबार, ०९ पुस २०८२, ०८ : १७
बुधबार, ०९ पुस २०८२

सारांश

  • रियल म्याड्रिडका खेलाडी एन्ड्रिक लोनमा फ्रेन्च क्लब लियोन जाने भएका छन्।
  • १९ वर्षीय फरवार्ड एन्ड्रिकले रियल म्याड्रिडमा पर्याप्त अवसर पाएनन्।
  • एन्ड्रिकले राष्ट्रिय टोलीमा स्थान गुमाएपछि विश्वकपका लागि पुनरागमन गर्ने लक्ष्य राखेका छन्।

म्याड्रिड । ब्राजिलियन युवा स्टार एन्ड्रिक लोनमा फ्रान्सेली क्लब लियोन जाने भएका छन्। रियल म्याड्रिडमा पर्याप्त अवसर नपाएपछि १९ वर्षीय फरवार्ड सिजनको अन्त्यसम्मका लागि लोनमा लियोन जान सहमत भएका हुन्।

सन् २०२४ को समरमा ब्राजिलियन क्लब पाल्मेइरासबाट रियल म्याड्रिड भित्रिएका एन्ड्रिकले अघिल्लो सिजन ३७ खेल खेल्दै उत्कृष्ट सुरुवात गरेका थिए। तर, यस सिजन प्रशिक्षक जाबी अलोन्सोको रणनीतिमा उनी पर्न सकेनन्। 

उनले यस सिजन म्याड्रिडका लागि मात्र तीन खेलमा मैदानमा उत्रने मौका पाएका छन्। रियल म्याड्रिडमा सीमित भएको अवसरका कारण उनले राष्ट्रिय टोलीमा समेत स्थान गुमाउनु परेको छ।

ब्राजिलका लागि १४ खेलमा ३ गोल गरिसकेका एन्ड्रिकले गत मार्चमा अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेलपछि राष्ट्रिय टोलीबाट खेल्न पाएका छैनन्। आगामी समरमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि ब्राजिलियन टोलीमा पुनरागमन गर्ने उनको मुख्य लक्ष्य रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप