एनसिसी दीक्षान्त समारोह सम्पन्न
सुनसरी । राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ एनसिसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन भएको उक्त तालिम बिहीबार सम्पन्न भएको हो ।
राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार दीक्षान्त समारोहमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए ।
उक्त तालिममा कोशी प्रदेशका आठ, मधेस प्रदेशका सात र वाग्मती प्रदेशका तीन विद्यालयका २६५ छात्र र २६३ छात्रा दीक्षित भएका छन् ।
समापन कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले तालिमबाट भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुग्ने बताए ।
दीक्षान्त समारोहमा २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, २ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणा, विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण