कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको काम ७५ प्रतिशत सकियो
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीका ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम सकिएको जनाएको छ ।
समितिको बिहीबार बसेको बैठकमा ७५ प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेको प्रतिवेदन पेस भएको सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
त्यस्तै बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सकेका ओमान, साउदी र युएई जनसम्पर्क समितिलाई अधिवेशन गर्ने अनुमति दिन पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्यता नवीकरण र वितरणको फाइल पठाउने निर्णय गरेको छ ।
क्रियाशील सदस्यता नवीकरण र वितरण जुन जुन जिल्लामा सुस्त गतिमा भइरहेको छ, त्यहाँ आपसी सहमतिमा फास्ट ट्रयाकबाट टुङ्ग्याउने निर्णय समितिले गरेको सदस्य स्नेहीले बताए ।
सदस्यता स्थानान्तरणको विषयमा पार्टी विधानमा भएको मापदण्डलाई कडाइका साथ लागू गरेर निर्णय गर्ने सहमति बैठकमा भएको छ ।
अहिले क्रियाशील सदस्यता वितरणका फारम १२५ निर्वाचन क्षेत्रमा सर्भरमा प्रविष्ट गर्ने काम भइरहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै कपिलवस्तुमा तत्कालीन जनता समाजवादी पार्टीको प्रदेश स्तरीय समिति नै गाभेका सहजराज यादवलाई सदस्यता नवीकरणका लागि ७७५ फारम दिने निर्णय गरिएको पनि स्नेहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण