शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

देउवा र सञ्चारमन्त्रीबिच भेटवार्ता

शुक्रबार, ११ पुस २०८२, १० : ०९
शुक्रबार, ११ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्रीबीच भेटवार्ता भयो।
  • भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ।
  • मन्त्री खरेलले एमाले अध्यक्ष ओली र प्रचण्डलाई पनि भेट्ने कार्यक्रम छ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । 

सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् । भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । 

आजै खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेटेर छलफल गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप