साधना घरमा मञ्चन हुँदै नाटक ‘भट्टी टेल्स’
सारांश
- नाटक 'भट्टी टेल्स' पुस १६ गतेदेखि साधना घरमा मञ्चन हुने भएको छ, जसको निर्देशन जेम्स ढकालले गरेका हुन्।
- नाटकमा सुदाम सिके, बेदना राई लगायतका कलाकारको अभिनय रहनेछ, र यसमा १३ जना पात्रको कथा समेटिएको छ।
- कमेडी ड्रामा विधाको यो नाटक माघ ३ गतेसम्म नियमित मञ्चन हुनेछ, जसमा जड्याहाको जीवनका विभिन्न पाटो देखाइनेछ।
काठमाडौँ । नाटक ‘भट्टी टेल्स’ यहि पुस १६ गतेदेखि मञ्चन हुने भएको छ । साधना घरमा मञ्चन हुन लागेको नाटकका लेखन निर्देशन जेम्स ढकाल हुन् ।
नाटकमा सुदाम सिके, बेदना राई, रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी, थार्चेन लामालगायतको अभिनय रहनेछ । निर्देशक ढकाल अस्कर कलेजका १४औँ ब्याचका विद्यार्थी हुन् । उनले यसअघि ‘ढाकर’ नाटक निर्देशन गरेका थिए ।
भट्टीमा आउने मानिसहरूलाई अक्सर जड्याहाका रुपमा मात्रै हेरिन्छ । तर उनीहरू पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका हुन्छन् भन्ने नाटकले देखाउने निर्देशक ढकालले बताए । ढकालका अनुसार नाटकमा १३ जना पात्रहरू छन् । जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ ।
अस्कर कलेजको प्रस्तुति रहेको नाटक फ्र्याङ्क्लिन एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा बनेको हो । नाटक तयार पार्न कथा घेराको पनि महत्वपूर्ण योगदान रहेको छ । कमेडी ड्रामा विधाको भट्टी टेल्स माघ ३ सम्म नियमित मञ्चन हुनेछ ।
मंगलबार बाहेक हरेक साँझ ५ः१५ मा मञ्चन हुने नाटक शनिबारको दिन १ बजे अतिरिक्त शो समेत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण