मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
ललितपुरमा एनिमे र के-पपको रौनक: ओटाकु जात्रामा झुम्मिए युवा

ललितपुरमा एनिमे र के-पपको रौनक: ओटाकु जात्रामा झुम्मिए युवा

शनिबार, १२ पुस २०८२

ललितपुर । नेपाली युवापुस्तामा पछिल्लो समय जापानी एनिमे र कोरियाली पप (के-पप) संस्कृतिको प्रभाव कति छ भन्ने दृश्य शनिबार ललितपुरको 'द प्लाजा' मा स्पष्ट देखियो। त्यहाँ आयोजित ‘ओटाकु जात्रा’ मा सहभागी युवाहरू आफ्ना मनपर्ने काल्पनिक पात्रको अवतारमा सजिएर उत्रिएपछि वातावरण निकै रङ्गीचङ्गी र उत्साहजनक बन्यो।

जापानबाट सुरु भएको यो पप संस्कृतिलाई नेपालमा उत्सवको रूपमा मनाउने क्रममा युवाहरूले एनिमे, मङ्गा र के-पप कलाकारको जस्तै भेषभूषा (कस्पले) प्रदर्शन गरे। हातमा तस्बिर, विभिन्न थिमका पोसाक र कलात्मक शृङ्गारमा सजिएका सहभागीले आफूलाई एनिमेका पात्रकै रूपमा प्रस्तुत गरे। कार्यक्रममा भेषभूषा प्रदर्शन मात्र नभई साङ्गीतिक प्रस्तुति समेत राखिएको थियो, जसले उपस्थित भीडलाई झन् रोमाञ्चित बनायो।

पप संस्कृतिप्रतिको बढ्दो आकर्षण र यो क्षेत्रमा रुचि राख्नेहरूलाई एउटै थलोमा जोड्न यो जात्रा प्रभावकारी माध्यम बनेको छ। प्रस्तुत छ बिजेन आमात्यले कैद गरेका तस्बिरहरू :

Otaku jatra_Nepal Photo library1Otaku jatra_Nepal Photo library2Otaku jatra_Nepal Photo library3Otaku jatra_Nepal Photo library4Otaku jatra_Nepal Photo library5Otaku jatra_Nepal Photo library6Otaku jatra_Nepal Photo library7Otaku jatra_Nepal Photo library8Otaku jatra_Nepal Photo library9Otaku jatra_Nepal Photo library10Otaku jatra_Nepal Photo library11Otaku jatra_Nepal Photo library12Otaku jatra_Nepal Photo library13Otaku jatra_Nepal Photo library14Otaku jatra_Nepal Photo library15Otaku jatra_Nepal Photo library16Otaku jatra_Nepal Photo library17Otaku jatra_Nepal Photo library18Otaku jatra_Nepal Photo library19Otaku jatra_Nepal Photo library20Otaku jatra_Nepal Photo library21Otaku jatra_Nepal Photo library22Otaku jatra_Nepal Photo library23Otaku jatra_Nepal Photo library24Otaku jatra_Nepal Photo library25

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया