धनकुटाबाट नेकपाका उम्मेदवार सिफारिस, गायक राई पनि अटाए
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटी बैठकको निर्णयअनुसार उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो ।
जिल्ला कमिटीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ धर्मराज पौडेललाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पौडेल पूर्वजिल्ला विकास समितिका सभापति तथा तत्कालीन नेकपा एमाले धनकुटा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रहिसकेका नेता हुन् ।
प्रत्यक्षतर्फकै सिफारिस सूचीमा गायक शम्भु राई, टेकनाथ आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र लोकन्द्र राई रहेका छन् । पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ धनमाया विश्वकर्मा र कुसुमकुमारी श्रेष्ठको नाम सिफारिस गरेको छ ।
धनमाया विश्वकर्मा समावेशी सांसद तथा २०७० सालमा शिक्षा राज्यमन्त्री रहिसकेकी नेता हुन् भने कुसुमकुमारी श्रेष्ठ तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फ कोशी प्रदेशसभा सदस्य थिइन् । यस्तै पत्रकार गोपाल बराइली र सरिता बराइलीको नाम पनि समानुपातिक सूचीमा सिफारिस गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि दुर्गा कुँवरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी धनकुटाले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण