सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने
बैतडी । बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिँदै छ । सुदूरपश्चिमको बैतडीस्थित मेलौली, बाजुराको कोल्टी, डोटीको विपिनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।
मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै उक्त पहल थालिएको बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द जानकारी दिए । उनका अनुसार जिल्लाको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।
मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतासहित अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
तल्लोस्वराड क्षेत्रका साथै मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई प्रशासनिक कामका लागि सहज हुने बताउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले सरकारले गरेको यो निर्णय उत्कृष्ट रहेको धारणा राखे । उनले भने, “तल्लोस्वराडबासीका लागि मेलौलीमा इलाका प्रशासन स्थापना हुनु उत्कृष्ट कार्य हो । अब नागरिकता बनाउनका लागि हजारौँ रकम खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हट्नेछ ।”
योसँगै सरकारले ताप्लेजुङको सिरिजङ्गा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट र सङ्खुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण