मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

आइतबार, १३ पुस २०८२, २२ : १९
आइतबार, १३ पुस २०८२

झापा । झापा गाउँपालिका-२ सडकवारीमा पानीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ ।

घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आज अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप