ट्रम्प-जेलेन्स्की वार्ता
युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी
सोमबार, १४ पुस २०८२, ०४ : ३५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन्।
- ट्रम्पले रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई ऊर्जा लगायतका सामग्री सस्तोमा उपलब्ध गराउन चाहेको बताए।
- पुटिनले युद्ध विराममा सहमति जनाएका छैनन्, तर लडाइँ रोकेर फेरि सुरु गर्न नपरोस् भन्ने सोचमा छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए ।
उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ऊर्जा, बिजुली तथा अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन् । ट्रम्पले पुटिनलाई युक्रेनको सफलताप्रति ‘उदार’ रहेको बताए ।
तर ट्रम्पका अनुसार पुटिनले अहिलेसम्म युद्ध विराममा सहमति भने जनाएका छैनन् । उनले पुटिन लडाइँ रोकेर फेरि सुरु गर्न नपरोस् भन्ने सोचमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण