सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
सारांश
- सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटीमा छाड्यो।
- अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएका थिए।
- सीआईबीले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार धरौटीमा छाडेको हो।
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले धरौटी जमानत लिएर छाडेको छ । अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालसँग उक्त धरौटी जमानत लिएर छाडेको एआइजी मनोज केसीले जानकारी दिए ।
अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले नै जमानत लिएर छाडेको हो । ‘उच्च अदालत पाटनको अनुमतिमा अनुसार अग्रवालसँग धरौटी लिएर छाडेको हो,’ केसीले रातोपाटीसँग भने, ‘२०७४ को दफा १५ को व्यवस्था अनुसार सीआइबीले धरौटीमा छाड्न मिल्छ ।’ उनका अनुसार धरौटी बुझाएर छुटे पनि अनुसन्धान भने जारी रहनेछ ।
‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्का त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा उनलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सकिनेछ,’ उक्त दफामा भनिएको छ। उक्त दफामा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने उल्लेख छ ।
सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सीआइबीले उनलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण