मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘झरीपछिको इन्द्रेणी’ले ९ दिनमा कति कमायो ?

सोमबार, १४ पुस २०८२, १५ : ४२
सोमबार, १४ पुस २०८२

काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनको नवौँ दिन भएको छ । 

यो अवधिमा फिल्मले ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यो चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट हो । फिल्मको टिकट भने १९ हजार ७९३ वटा बिक्री भएका देखिएको छ । 

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक संघर्षको कथा छ । फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेका हुन् ।

फिल्ममा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।

फिल्ममार्फत नव कलाकार विमोञ्चम दवाडी र जेसिका पोखरेल नेपाली रजतपटमा डेब्यु गरेका छन् । 

अनिसा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्मको सहनिर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन् । फिल्म पुस ४ गतेबाट देशभर प्रदर्शनमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप