भाेजपुरमा विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम
भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।
जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । मतदानको जानकारी र भोजपुरमा हुने निर्वाचनका विषयमा विद्यार्थीलाई जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए। विद्यालयस्तरमा सञ्चालनमा हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।
निर्वाचनसँग सम्बन्धितसँगै सुरक्षाका विषयमा गरिएको कार्यक्रममा प्रमुख सुवेदी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामा, विद्यालयका प्रधानाध्यापक ध्रु वराज रेग्मी, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको कार्यक्रमले विद्यार्थीहरुलाई मतदाता शिक्षाका बारेमा जानकारी पाइएको प्रअ रेग्मीले बताए । जिल्लामा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल मतदाता एक लाख २५ हजार ७६६ कायम गरिएको छ । पुरुष मतदाताको सङ्ख्या ६५ हजार ७८८ र महिला ५९ हजार ९७७ र एक अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण