शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

उम्मेदवारको बन्दसूची बुझाउन अझै आयोगमा पुगेनन् एमाले, रास्वपा र राप्रपा

सोमबार, १४ पुस २०८२, १७ : ४२
सोमबार, १४ पुस २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो । 

तर अझै पनि नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)

निर्वाचन आयोगको कार्यालय पुगेका छैनन् । नेपाली कांग्रेस,नेपाली कम्युनिस्ट पार्टी(नेकपा) लगायत दलहरू भने आयोगको कार्यालयमा पुगिसकेका छन् । 

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

उनका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मङ्गलबार बिहान १० बजे पनि सेवा दिइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप