अपडेट
उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने
आयोगमा पुगेका दललाई भोलि पनि सेवा दिइने
सोमबार, १४ पुस २०८२, १७ : ३१
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो ।
यो समाचार तयार पार्दासम्म ९ दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् । तर अझै पनि शीर्ष दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छैनन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन ।
तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मङ्गलबार बिहान १० बजे पनि सेवा दिइने छ ।
आयोगमा प्रतिनिधि पठाएर निस्सा लिने तर बन्दसूची समयमै पेस नगर्दा समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण