रास्वपाको समानुपातिक बन्दसूचीमा कर्णालीका तीन व्यक्ति समावेश
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा कर्णाली प्रदेशबाट तीन जनाको नाम समावेश गरिएको छ ।
जसमा खस आर्यतर्फ रुकुम पश्चिमका प्रेम बोहोरा र आदिवासी जनजातितर्फ हुम्लाकी टासी ल्हाव्जोमको नाम समेटिएको छ ।
यस्तै, रुकुम पश्चिमकै सिर्जना वली ’सिज्जु’ को नाम पनि सूचीमा समावेश छ ।
बोहोरा दर्जनौँ पुस्तकका लेखक तथा आइक्यु प्रशिक्षक हुन् । उनी पहिले माओवादी र त्यसपछि बाबुराम भट्टराईको पार्टीमा आबद्ध थिए । पछिल्लो समय उनी रास्वपामा प्रवेश गरेका हुन् ।
हुम्लाकी टासी यसअघि मन्त्री बन्ने तयारीमा थिइन्, तर नागरिकता विवादका कारण उनलाई पछि हटाइएको थियो । पछि, विवाद उठाउने समूहले नै कमजोरी भएको भन्दै माफी मागेका थिए ।
त्यसपछि उनी रास्वपामा प्रवेश गरेकी थिइन्। उनी हरियो अभियन्ताका रूपमा पनि चिनिन्छिन् ।
सिर्जना ’सिज्जु’ एक कन्टेन्ट क्रिएटर हुन्। उनी देशभरका रमणीय ठाउँहरूको भ्रमण गरी भिडियो बनाउने, त्यहाँका सम्भावनाहरू खोतल्ने र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने कार्य गर्छिन् ।
उनको पारिवारिक पृष्ठभूमि माओवादी हो। उनका बुबा माओवादीका नेता हुन् । बालेन र कुलमान घिसिङ समूहबाट कर्णालीका केही समावेश भएको अनुमान गरिए पनि उनीहरूको पहिचान हुन भने नसकेकाले रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरि अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण