निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । ५०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नआएको, तोडफोड तथा आगजनीमा संलग्न कानूनी दायरामा आउन नसकेकाले निर्वाचनमा सुरक्षा चुनौती देखिएको बताए ।
वर्तमान सरकारको म्यान्डेट चुनाव गराउने भए पनि अझै चुनावको वातावरण बन्न नसकेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचनको वातावरण बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए ।
संविधान संशोधन गरी जेनजीको माग सम्बोधन गर्न संसद् आवश्यक रहेको उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले अहिलेकै अवस्थामा निर्वाचन भएमा जेनजीले उठाएका माग सम्बोधन हुनसक्ने जिकिरसमेत गरे ।
स्वर्गीय बीपी कोइरालाले लिएको मेलमिलापको नीति वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको बताउँदै उनले कांग्रेसभित्रको एकतालाई मजबुत बनाउनुपर्ने बताए । नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण