बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

वसन्तपुरमा मनाइयो टोपी दिवस (तस्बिरहरू)

बिहीबार, १७ पुस २०८२, ०९ : ३६
बिहीबार, १७ पुस २०८२

सारांश

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो।
  • युवाहरूले 'नेपाली टोपी: हाम्रो पहिचान' नाराका साथ यो दिवस मनाए।
  • विसं २०७० देखि दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई स्थापित गर्न यो दिवस मनाउन थालिएको हो।

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनलाई नेपाली मौलिकता झल्काउने पर्वका रूपमा मनाउँदै आज काठमाडौँसहित देशभर ‘राष्ट्रिय पोसाक तथा टोपी दिवस’ सम्पन्न भएको छ । 

‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान र मौलिकता’ भन्ने मूल नाराका साथ स्वदेश र विदेशमा रहेका नेपाली समुदायले आफ्ना मौलिक सांस्कृतिक धरोहरको संरक्षण र संवर्द्धनका लागि यो दिवस मनाएका हुन् ।

topi diwash (2)

राजधानीमा जागरूक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान लगायतका विभिन्न सङ्घ संस्थाहरूको नेतृत्वमा प्रभातफेरी, सांस्कृतिक प्रदर्शनी र विशेष कार्यक्रमहरूको आयोजना गरिएको थियो । 

कार्यक्रममा सहभागीहरूले दौरा–सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी र गुन्यू–चोलो जस्ता परम्परागत नेपाली पोशाकमा सजिएर सडकमा र्‍याली निकाल्दै राष्ट्रिय पहिचानको रक्षा गर्नुपर्ने सन्देश प्रवाह गरेका थिए ।

यो दिवसको लहरले पछिल्लो समय नेपाली समाजमा, विशेष गरी युवा पुस्तामा राष्ट्रिय पोसाकप्रतिको आकर्षण र गौरव बढाउन ठोस योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।  यसका साथै आफ्ना मौलिक कला र संस्कृतिको जगेर्नाका लागि ठोस नीति ल्याउन यो अभियानले सरकारलाई समेत निरन्तर दबाब दिँदै आएको छ ।

topi diwash (3)topi diwash (4)topi diwash (5)topi diwash (6)topi diwash (7)topi diwash (8)topi diwash (9)topi diwash (10)topi diwash (11)topi diwash (12)topi diwash (13)topi diwash (14)topi diwash (15)topi diwash (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप