अहिलेसम्म ६८ प्रतिशतले मात्रै नवीकरण गरे कांग्रेसको क्रियाशील सदस्यता
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता ६८ प्रतिशतले नवीकरण भएको छ।
- समितिका अनुसार, १४ औं महाधिवेशनमा ८ लाख ७० हजार ७८० क्रियाशील सदस्य थिए।
- नयाँ सदस्यता वितरणका लागि ६ लाख फारम पठाइएको र २ लाखले नयाँ सदस्यता लिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता ६८ प्रतिशतले मात्रै नवीकरण गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले बिहीबारसम्म ६८.०३७६ प्रतिशतले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिएको हो । समिति सदस्य योगेन्द्र चौधरीले अझै छुटपुट नवीकरण गर्न बाँकी रहेकाले केही बढ्न सक्ने बताए । ‘अहिलेसम्म ६८ प्रतिशतले नवीकरण गरेका छन्,’ सदस्य चौधरीले रातोपाटीसँग भने, ‘अझै छुटपुट बाँकी रहेकाले केही सङ्ख्या बढ्न सक्छ ।’
२०७८ सालमा भएको १४ औँ महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या ८ लाख ७० हजार ७८० थियो । त्यसमध्ये अहिले ५ लाख ७८ हजार ९ सय ७१ जनाले नवीकरण गरेको जानकारी दिए । नवीकरणका लागि दिइएको समय सकिए पनि छुटपुटलाई समय दिइएकाले त्यो बढेर ७० प्रतिशत पुग्ने चौधरीले बताए ।
महामन्त्री गगन थापा नेतृत्वको समितिले नयाँ सदस्यता वितरणका लागि ६ लाख फारम जिल्ला जिल्लामा पठाएको छ । त्यसमध्ये २ लाखले नयाँ क्रियाशील सदस्यता लिएको समितिले जनाएको छ । नयाँ सदस्यताको फारम पठाउने समय रहेकाले नवीकरण र नयाँ गरेर पहिलाको भन्दा बढी हुने समितिले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण