चुनाव लड्दिनँ, एमाले पनि छोड्दिनँ : पूर्वमन्त्री पौडेल
बारा । पूर्वमन्त्री तथा नेकपा एमाले नेता पुरुषोत्तम पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने र राजनीतिक रूपमा एमाले पनि नछाड्ने बताएका छन् ।
रातोपाटीसँगको कुराकानीमा बोल्दै एमाले नेता पौडेलले आफूले अवसर र फाइदाको लागि राजनीति नगरेको समेत बताए ।
एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा पराजित भएका पौडेल नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रवेश गरेर बारा ४ बाट उम्मेदवारी दिने चर्चा छ ।
‘हामीलाई थाहा थियो चुनाव जित्दैनौँ, तैपनि हामीले नीति, सिद्धान्त विचार र खराब प्रवृत्ति विरुद्धमा लडाइँ गर्यौँ’ उनले भने ‘हामी प्राविधिक ढङ्गले पराजित भयौँ, तर त्यसले अर्थ राख्दैन, हामीले चुनाव लड्यौँ त्यसले अर्थ राख्छ ।’
पौडेलले अगामी निर्वाचनलाई लिएर नेकपाका शीर्ष नेताहरूबाट पार्टी प्रवेशका लागि दबाब आइरहेपनि एमाले नछोड्ने अडान लिएका छन् ।
उनले एमाले नछोड्ने र अगामी फागुन २१ गते हुने निर्वाचनमा पनि भाग नलिने बताए । ‘नेकपाका शीर्ष नेताहरूबाट मलाई सम्पर्क गर्ने प्रयास भइरहेको छ, धेरै साथीहरुले पनि भन्नु भएको छ, तर मैले एमाले छोड्ने भए पहिल्यै छोड्थे’ उनले भने ‘म अवसरको लागि राजनीति गर्ने मान्छे होइन,’ ।
पौडेल संसदीय निर्वाचनमा २०४८, २०५१, २०५६, २०६४,२०७० र २०७९ को बारा २ को उपनिर्वाचनमा भाग लिएका थिए । जसमा २०५१ मा बारा क्षेत्र नम्बर ३ र २०७० मा क्षेत्र नम्बर ६ बाट निर्वाचित भएर खेलकुदमन्त्री समेत बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण