स्वास्थ्य विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक थापालाई धरौटीमा छाड्ने आदेश
काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापालाई धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले थापालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा थापासहित १४ जनाविरुद्ध गत कात्तिक २ गते भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । ठेक्का प्रक्रियामा लागत अनुमान तयार गर्दादेखि भुक्तानी दिँदासम्म मिलेमतो गरी राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोप लागेको थियो ।
ठेक्का प्राप्त गर्ने म्याक्सिम ईनकर्पोरेसन ट्रेडर्स प्रालिको संस्थापक सुन्दर भुसाल संस्थापक रहेको अर्को कम्पनी शुभ बायोमेडिकल कन्सर्न प्रालिबाट दररेट मगाई त्यसैलाई आधार मानेर लागत अनुमान तयार गरिएको, जुन अस्वाभाविक रूपमा बढी थियो । स्वीकृत लागत अनुमान कर बाहेक १२ करोड ७५ लाख थियो, जबकि आपूर्तिकर्ताले १२ करोड ५५ लाखमा ठेक्का कबोल गरेको थियो ।
उत्पादक कम्पनीलाई भुक्तानी हुने कुल मूल्य करिब ६ करोड ८५ लाख मात्र रहेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दोस्रो चरणको सामान तोकिएको समय (२०८१ असार १० गते) भन्दा करिब ११ हप्ता ढिलो आउँदा पनि ठेक्काको सर्त बमोजिमको ६९ लाख २ हजार ५ सय क्षतिपूर्ति रकम राज्यकोषमा दाखिला नगरी नोक्सानी गराएको अभियोग थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
-
गोपालमान श्रेष्ठको निष्ठा र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने : आङदेम्बे
-
ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
नेता श्रेष्ठको निधनले पार्टी र देशकै लागि अपूरणीय क्षति भयो : गगन थापा
-
संस्थाभन्दा व्यक्ति हाबी हुँदा लोकतन्त्र कमजोर बन्यो : उज्यालो नेपाल पार्टी
-
विदेशमा रहेका नेपालीलाई मतदान र इन्टरनेट भोटिङका लागि कानुनी सुधार आवश्यक : डा. राजीव सुब्बा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण