राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
बिहीबार, १७ पुस २०८२, २१ : १५
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि(शुक्रबार) बस्ने भएको छ ।
बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेको बताएका थिए ।
उनीहरूले अबको विकल्प विशेष महाधिवेशन भएको बताएपछि बैठक बोलाइएको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण