गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते
सारांश
- गुल्मीमा विद्यार्थी बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकलमा सवार एक बालक र एक शिक्षिका घाइते भएका छन्।
- बस वनभोजका लागि हिँडेको थियो र दुर्घटनाको कारण खुल्न बाँकी छ।
बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बसले मालिका–७ अर्जे राम्चेको ओरालोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी घाइते भएका छन् । यस्तै सोह्यी दुर्घटनामा पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लीला अर्याल समेत घाइते भएकी छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वनभोज लैजान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण