मुस्तफिजुर रहमानलाई टिमबाट हटाउन बीसीसीआईको कोलकातालाई निर्देशन
सारांश
- बीसीसीआईले केकेआरलाई बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएको छ।
- बंगलादेशमा हिन्दू समुदायमाथि भएको हिंसाको विरोधपछि रहमानलाई हटाउन माग उठेको थियो।
- मुस्तफिजुरलाई केकेआरले ९.२ करोड भारतीय रुपैयाँमा किनेको थियो, तर अब उनी टिमबाट बाहिरिने भएका छन्।
नयाँ दिल्ली । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) लाई बंगलादेशी तीव्र गतिका बलर मुस्तफिजुर रहमानलाई फुकुवा गर्न निर्देशन दिएको छ।
बंगलादेशमा पछिल्लो समय अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेको हिंसालाई लिएर रहमानलाई हटाउनुपर्ने माग उठेपछि बोर्डले यस्तो कठोर निर्णय लिएको हो। बीसीसीआईका सचिव देवजीत सैकियाले पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै केकेआरलाई मुस्तफिजुर रिलिज गर्न भनिएको र टोलीले चाहेमा उनको स्थानमा अर्को खेलाडी राख्न अनुमति दिइने स्पष्ट पारेका छन्।
बंगलादेशमा विगत दुई हप्तामा तीन जना हिन्दूको हत्या भएपछि त्यहाँको हिंसाको विरोधमा रहमानलाई आईपीएल खेल्न दिन नहुने आवाज उठेको थियो। शाहरुख खानको स्वामित्वमा रहेको केकेआरले गत महिना अबुधाबीमा भएको आईपीएल मिनी अक्सनमा मुस्तफिजुरलाई ९.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो। उनी आईपीएल इतिहासमै बंगलादेशका सबैभन्दा महँगा खेलाडी बनेका थिए तर अहिले राजनीतिक र सामाजिक दबाबका कारण उनले सिजन सुरु हुनुअघि नै टोली छाड्नुपर्ने अवस्था आएको छ।
मुस्तफिजुरले अघिल्लो सिजनमा दिल्ली क्यापिटल्सका लागि तीन खेल खेल्दै चार विकेट लिएका थिए। सन् २०१५ मा भारतविरुद्धको एकदिवसीय शृङ्खलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली डेब्यु गरेका मुस्तफिजुर आफ्ना घातक कटर र स्लोअर बलका लागि परिचित छन्।
सन् १९९५ मा बंगलादेशको सातखिरामा जन्मिएका उनी सीमित ओभरको क्रिकेटमा विश्वकै उत्कृष्ट बलरमध्ये एक मानिन्छन्। आईपीएल २०२६ को सिजन आगामी मार्च २६ देखि सुरु हुँदैछ भने फाइनल खेल मे ३१ मा हुने तालिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण