सुर्खेत १ मा एमालेबाट फेरि शाही उम्मेदवार, खड्कासँग तेस्रो पटक हुनेछ प्रतिस्पर्धा
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा नेकपा एमालेले पुनः ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ ।
शनिबार बसेको उक्त निर्वाचन क्षेत्र समन्वय समितिको पूर्ण बैठकले शाहीको नाममा सर्वसम्मत गरेको हो । उनको एकल नाम पार्टीले केन्द्रमा पठाएको छ । शाही यसअघि २०७९ कांग्रेसका पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेका थिए भने शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए ।
यी दुई नेताहरूबिच २०७४ मा पनि चुनावी प्रतिस्पर्धा भएको थियो, त्यो बेला उनै शाहीले खड्कालाई पराजित गरेका थिए ।
एमाले प्रदेश कमिटीका सचिव शाही र खड्काबिच तेस्रो पटक चुनावी प्रतिस्पर्धा हुन लागेको हो । नेपाली कांग्रेसले यसअघि नै खड्कालाई एकल उम्मेदवार सिफारिस गरिसकेको छ । कांग्रेसको कार्यवाहक सभापतिसमेत रहेका खड्कासँग एमालेमा चुनावी प्रतिस्पर्धा गर्न सक्ने अन्य नेता उक्त क्षेत्रमा नभएपछि पुनः शाहीलाई नै अघि सारिएको एक नेता बताउँछन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जीतबहादुर राना उम्मेदवार छन् । ०७४ सालमा एमालेका शाहीलाई समर्थन गरेको माओवादीले ०७९ मा कांग्रेसका खड्कालाई समर्थन गरेको थियो । यो पटक साविक माओवादीका तर्फबाट राना उम्मेदवार बनेसँगै यहाँको चुनावी अवस्था रोचक बन्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण