दैलेख- २ बाट एमालेका रिजाल र पोखरेलको नाम सिफारिस
शनिबार, १९ पुस २०८२, २० : २७
सारांश
- दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट विष्णु रिजाल उम्मेदवार चयन भएका छन्।
- शनिबार भएको उम्मेदवार छनोटमा रिजालले सर्वाधिक मत प्राप्त गरे।
- रिजाल एमालेको केन्द्रीय सदस्य तथा युवा नेता हुन् र पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन्।
सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट युवा नेता विष्णु रिजाल र लक्ष्मीप्रसाद पोखरेलको नाम सिफारिस भएको छ । शनिबार जम्बुकाँधमा भएको उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धामा रिजाल र पोखरेलको नाम सिफारिस भएको हो । प्रतिस्पर्धामा रिजालले सर्वाधिक मत पाएका छन् ।
उम्मेदवारका लागि रिजाल, पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा र राजबहादुर शाही आकाङ्क्षी थिए । आकाङ्क्षीहरूबिच भएको निर्वाचनमा रिजालले ६७ मत प्राप्त गरे । उनी एमालेको केन्द्रीय सदस्य तथा चर्चित युवा नेता हुन् ।
चुनावी प्रतिस्पर्धामा लक्ष्मीप्रसाद पोखरेल ६६, राजबहादुर शाही ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन् । रिजाल पहिलो पटक संसदीय चुनावमा भाग लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण