भेनेजुएलामाथि अमेरिकी आक्रमणको प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा भर्त्सना
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको भर्त्सना गरेको छ।
- पार्टीले अमेरिकी कदम भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकारविरुद्ध रहेको जनाएको छ।
- पार्टीले नेपाल सरकारलाई उक्त कदमविरुद्ध आवाज उठाउन आग्रह गर्दै ऐक्यबद्धता जनाएको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले सार्वभौम राज्य भेनेजुएलाविरुद्ध गरेको आक्रमणको भर्त्सना गरेको छ ।
पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारको कदम भेनेजुएलाका आमजनताको आत्मनिर्णयको अधिकारविरुद्ध रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकारको यो कदम सार्वभौम सम्पन्न भेनेजुएलाका आमजनताको आत्मनिर्णयको अधिकारको बिलकुलै विपरीत छ।’
सार्वजनिक अन्तर्राष्ट्रिय कानुनविरुद्ध गरिएको यस कार्यप्रति आपत्ति जनाउँदै पार्टीले नेपाल सरकारलाई पनि उक्त कदमविरुद्ध आवाज उठाउन आग्रह गरेको छ । साथै, भेनेजुएलाका सार्वभौमसत्ता सम्पन्न आमजनताप्रति दृढ ऐक्यबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘बाह्य दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने पूर्ण अधिकार छ। प्रगतिशील लोकतान्त्रिक पार्टी साम्राज्यवादविरुद्ध उभिएका र लोकतन्त्र, स्वाधीनता तथा सामाजिक न्यायका लागि संघर्षरत सबै जनताको पक्षमा दृढतापूर्वक उभिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण