राष्ट्रपतिको जिम्मेवारीबारे भेनेजुएलाको सर्वोच्च अदालतले सुनायो यस्तो आदेश
आइतबार, २० पुस २०८२, १२ : ५१
सारांश
- भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिका दिन फैसला गर्यो।
- अदालतले प्रशासनिक निरन्तरता र देशको रक्षाका लागि यो निर्णय आवश्यक रहेको जनाएको छ।
- राष्ट्रपति पक्राउ परेको अवस्थामा कानुनी रूपरेखाबारे थप छलफल हुने अदालतको भनाइ छ।
कारकास । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको भूमिका लिनुपर्ने फैसला सुनाएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी दिनु प्रशासनिक निरन्तरता कायम राख्न र देशको रक्षा सुनिश्चित गर्न आवश्यक रहेको भेनेजुएलाको उच्च अदालतले पहिले भनेको थियो ।
राष्ट्रपतिलाई जबर्जस्ती पक्राउ परेको अवस्थामा देशको निरन्तरता, सरकारको कार्य प्रणाली र सार्वभौमिकता सुनिश्चित गर्न कुन कानुनी रूपरेखा लागू हुनेछ भनेर निर्धारण गर्न यस विषयमा थप छलफल गर्ने पनि अदालतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण