एमाले जाजरकोटबाट एमालेका ५ जना उम्मेदवार सिफारिस
सुर्खेत । नेकपा एमाले जाजरकोटले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य निरज आचार्य, युवा नेता नारायण घर्ती, डम्बर सिंह, गणेश थापा र कौशीला खत्रीको नाम सिफारिस गरेको हो ।
जसमध्ये सम्भावित उम्मेदवार आचार्य, घर्ती नै हुन् । जाजरकोटमा बलियो समर्थन भएका आचार्य यसअघि ०७९ को प्रतिनिधि सभामा पनि उम्मेदवार थिए ।
कांग्रेससहितको समर्थन पाएका माओवादीका शक्ति बस्नेतसँग उनी पराजित भएका थिए । बस्नेतले ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाएका थिए ।
एक्लाएक्लै चुनाव लडेको खण्डमा आचार्य अगाडि आउनसक्ने आकलन गरिएको थियो । किनकि यहाँ कांग्रेसको पनि मत बलियो रहेको विश्लेषण गरिएको छ ।
अर्को युवा नेता घर्ती विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । युवाहरूमाझ लोकप्रिय छन् । सिफारिस गरिएका अर्का नेता सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् भने ०७० को संविधान सभा र ०७९ को प्रदेश (क) को प्रदेश सभामा पराजित नेता हुन् ।
यस्तै थापा जिल्ला कमिटी सदस्य हुन् भने कौशिला खत्री यसअघि ०७४ मा प्रदेश सभामा समानुपातिक सांसद थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण