मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा एमालेले शान्तिलाल महतलाई बनायो उम्मेदवार

आइतबार, २० पुस २०८२, १९ : २२
आइतबार, २० पुस २०८२

सुर्खेत । जुम्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि शान्तिलाल महत उम्मेदवार बनेका छन् ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उनको एकल नाम सिफारिस भएको हो ।

उनी एमाले जुम्लाका अध्यक्ष हुन् । यहाँ ०७९ मा राप्रपाका ज्ञानेन्द्र शाहीले चुनाव जितेका थिए । माओवादीको बलियो जनमत रहेको जुम्लामा कमजोर उम्मेदवार बनाउँदा उक्त चुनावमा शाहीले बाजी मार्न सफल भएका थिए ।

अहिले पुनः शाही उम्मेदवार बन्ने देखिएको छ भने नेकपाबाट नरेश भण्डारी लगायत ५ जनाको नाम सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप