सात सय विपन्न परिवारलाई सिरक वितरण
सारांश
- लहान नगरपालिकाले चिसोबाट प्रभावित विपन्न परिवारलाई सिरक वितरण गर्यो।
- नगरप्रमुखको नेतृत्वमा विभिन्न वडामा पुगेर सिरक हस्तान्तरण गरियो।
- वडा अध्यक्षले थप व्यक्तिलाई छिट्टै सिरक वितरण गर्ने बताए।
सिरहा । यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सात सय परिवारलाई सिरक वितरण गरिएको छ ।
नगरप्रमुख चौधरीको नेतृत्वमा आज वडा नं १२, १७, १८ र २३ का अतिविपन्न तथा दलित बस्तीमा पुगेर सिरक हस्तान्तरण गरिएको छ । लहान नगरपालिका—१८ का ८० परिवार र वडा नं २३ का डोम समुदायका २३ परिवारलाई सिरक प्रदान गरियो ।
यस्तै, वडा नं १७ स्थित बलानसेर सदाय बस्तीका ५२ परिवारले पनि न्यानो सिरक प्राप्त गरेका छन् । त्यसैगरी, लहान नगरपालिका–१२ मा नगरप्रमुख चौधरी र वडाअध्यक्ष बद्रीनारायण चौधरीले ३० जनालाई सिरक प्रदान गरे ।
त्यस अवसरमा वडाअध्यक्ष चौधरीले आफ्नो वडाका थप ७० जना लक्षित व्यक्तिहरूलाई छिट्टै सिरक वितरण गरिने जानकारी दिए ।
नगरप्रमुख चौधरीले विपन्न समुदायका नागरिकको सुरक्षा र सेवाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताए । उनले यो अभियान अन्य वडा र बस्तीहरूमा पनि निरन्तर जारी रहने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण