राजनीतिमा लोकप्रियता र ध्रुवीकरणका दुष्परिणाम
सारांश
- नेपालको राजनीतिमा अस्थिरता र ध्रुवीकरणको विषयलाई लिएर विभिन्न दल र नेताहरूको भूमिकाको चर्चा गरिएको छ।
- पुराना दलहरूको असफलता र नयाँ शक्तिहरूको उदय, साथै निर्वाचनको महत्त्वबारे विश्लेषण गरिएको छ।
- राजनीतिक विकृति, अराजकता, र भ्रष्टाचारले निम्त्याएका समस्याहरूलाई औंल्याउँदै समाधानका उपायहरू खोज्ने प्रयास गरिएको छ।
विश्व राजनीतिमा लोकप्रियता र ध्रुवीकरण भन्ने शब्दहरू नौला होइनन् । नेपालको सन्दर्भमा त राजनीति सधैँ तरल र अस्थिर छ, त्यसैले यहाँ लोकप्रियता र ध्रुवीकरणका विषय झन् नौला हुने कुरै भएन । नेपालको राजनीति कस्तो अचम्मको छ भने कतिबेला के हुन्छ भनेर सहज अनुमान गर्नै सकिन्न ।
रातारात सरकार ढल्छ, रातारात नयाँ बन्छ । कहिले कुन दल कता मिल्छ, कहिले कुन छुट्टिन्छ, पत्तै हुँदैन । को कता बग्छ र कसले कसलाई बगाउँछ भन्नै सकिन्न । कुनै दल वा नेता कतै जोडिन र कतै छुट्टिन केही समय नै लाग्दैन । राजनीतिक तरलताले विचार, आस्था, निष्ठा, अनुशासन र उद्देश्य जस्ता कुराहरूलाई ओझेलमा पार्दा रहेछन् ।
एउटै मान्छे बेलुका सुत्ने बेलामा एउटा पार्टीको नेता हुन्छ, अनि बिहान उठ्ने बेला अर्को पार्टीको नेता बनिसकेको हुन्छ । कुनै पनि राजनीतिक दल जब नीति, विचार र उद्देश्यबाट निर्देशित हुन सक्दैन, तब नेता र कार्यकर्तामा पनि विचार, आस्था र अनुशासन रहँदैन । त्यसपछि राजनीतिमा जे गरे पनि हुन्छ भन्ने मानसिकता हाबी हुँदोरहेछ ।
देश, समाज र विचारभन्दा व्यक्ति र दललाई मात्र प्राथमिकता दिँदा आज पुराना दलहरू अयोग्य, असक्षम र अविश्वासी साबित भएका छन् ।
जब नेतामा जिम्मेवारीबोध, उत्तरदायित्व, राजनीतिक मर्यादा, संस्कृति, अनुशासन, निष्ठा र समर्पण हुँदैन, तब जे गर्दा पनि हुने अराजकता जन्मन्छ । नेपालमा यस्ता अनुहार फेरिरहने नेताहरूको बिगबिगी नै छ । सरकार वा पार्टी बारम्बार भत्काउने, टुक्र्याउने र देशलाई अस्थिर बनाउने प्रमुख पात्रहरू नै ‘छेपारे’ प्रवृत्तिका हुन् । नेताहरूको यस्तै प्रवृत्तिका कारण समाज अत्यन्तै छिन्नभिन्न हुन पुगेको छ ।
देश, समाज र विचारभन्दा व्यक्ति र दललाई मात्र प्राथमिकता दिँदा आज पुराना दलहरू अयोग्य, असक्षम र अविश्वासी साबित भएका छन् । दलहरू लोकप्रिय बन्न केवल मिठा आश्वासन र सपना मात्र बाँड्ने, तर काम केही नगर्ने परिपाटीले गर्दा जनतामा अविश्वास बढेको हो ।
नेतृत्वले मनपरी गर्दा नेपालमा आजको तरल र जटिल अवस्था आएको हो । नेपाली राजनीतिमा विभिन्न किसिमका व्यापार र व्यवसाय घुसेपछिको परिणाम नै आजका विभिन्न घटनाहरू हुन् । राजनीतिले गलत बाटो अवलम्बन गरेपछि त्यसको नतिजा पनि गलत नै हुँदै आएको छ ।
देशमा बढ्दै गएको अराजकता, भ्रष्टाचार र बेरोजगारीका विरुद्धमा आएका जनताका आवाज र आक्रोशलाई विगत ३५ वर्षका सरकारहरूले पटक्कै सुनेनन् । राजनीति केवल चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्तासम्म मात्र केन्द्रित रह्यो । मुख्य र जिम्मेवार भनिएका दलहरू सत्ता प्राप्तिको चलखेलमा मात्र लागिरहे। राजनीतिमा विकृति मौलाउँदै जाँदा राज्यका सम्पूर्ण अङ्गहरू भुत्ते र निष्क्रिय हुँदै गए ।
राज्य आवेग र उत्तेजनामा आएका कारण सुशासन, न्याय र भ्रष्टाचार अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिएका कलिला बालबालिकाहरूले गोली खाई मृत्युवरण गर्नुपरेको थियो ।
अन्ततः जनताको आक्रोशको पराकाष्ठा जेनजी विद्रोहका रूपमा भदौ २३ को दुर्घटनाका रूपमा देखापर्यो ।
भदौ २३–२४ गते त्यति ठुलो विद्रोह र विध्वंस हुँदा समेत जिम्मेवार भनिएका दलहरूले आफ्नो गल्ती र कमजोरी अझै स्वीकारेका छैनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन गर्न नसकी जनतालाई अभिभावकविहीन बनाएर हेलिकप्टरमा भागेको घटनालाई बिर्सेर, बाहिरी वा भित्री अदृश्य शक्तिलाई दोष लगाएर उम्कने प्रयास गरिरहेका छन् ।
राज्य आवेग र उत्तेजनामा आएका कारण सुशासन, न्याय र भ्रष्टाचार अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिएका कलिला बालबालिकाहरूले गोली खाई मृत्युवरण गर्नुपरेको थियो । सरकार गैरजिम्मेवार र असंवेदनशील बन्दा भदौ २३–२४ को घटनामा देशले अत्यन्तै ठुलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्यो ।
नेकपा (एमाले) र नेपाली काँग्रेसको करिब दुई–तिहाइको बलियो संयुक्त सरकार हुँदा पनि मन्त्रीहरू नै भागाभाग हुने अवस्था आयो । कांग्रेस र एमालेजस्ता पुराना पार्टीहरूमा देशमा यति ठुलो विद्रोह र विध्वंस हुँदा समेत पुरानो दम्भ र अहङ्कार यथावत् नै देखिन्छ । अझै पनि यी दलहरू सुध्रिने र सच्चिने सङ्केत छैन ।
अहिले सरकारले फागुन २१ को निर्वाचनको तयारी गरिरहँदा काँग्रेस र एमालेहरू सकभर चुनावी प्रक्रियामा जान नपाए हुन्थ्यो भनेर डराएका छन् । यिनीहरू पुरानो संसद् पुनर्स्थापना होस् भन्ने पक्षमा देखिन्छन् । कदाचित निर्वाचन भयो भने आफ्नो राजनीतिक भविष्य सुरक्षित नहोला कि भन्ने डर र त्रासमा उनीहरू छन् ।
भदौ २३ र २४ को घटनापछि नयाँ चुनावी सरकारले फागुन २१ गते निर्वाचनको तयारी गरिरहँदा पार्टी र व्यक्तिहरूका बिचमा अप्रत्याशित रूपमा एकता भइरहेका छन् । ०७९ को निर्वाचनबाट वैकल्पिक शक्तिका रूपमा उदाएको र संसद्मा चौथो शक्ति बनेको रास्वपा अहिले पुराना दलहरूका विरुद्ध राजनीतिक ध्रुवीकरण बनाउन सक्रिय छ । रास्वपा अध्यक्ष रवि लामिछाने थुनामुक्त भएपछि नेपाली राजनीति एकाएक तातेको छ ।
लामिछानेका सवालमा विगत दुई–तीन वर्षमा अनेक घटना घटे । उनले सहकारी ठगीको आरोपमा विभिन्न मुद्दाहरू झेलिरहेका छन् र ती मुद्दाहरू अदालतमा विचाराधीन छन् । रविको संसद् र मन्त्रीका रूपमा आगमनपछि कांग्रेस र एमालेमा एक किसिमको भुईँचालो नै गयो । आफू गृहमन्त्री हुँदा भ्रष्टाचारका फाइल खोल्न थालेको र त्यसैको डरले कांग्रेस–एमालेले आत्तिएर रातारात सरकार ढालेको आरोप लामिछानेले लगाउँदै आएका छन्। एकाएक सरकार ढलेको देख्दा उनको कुरामा केही सत्यता हो कि जस्तो पनि भान हुन्छ ।
संविधान संशोधन, सुशासन र आर्थिक समृद्धिको एजेन्डा लिएर बनेको भनिएको केपी ओली नेतृत्वको सरकार करिब एक वर्षसम्म रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङकै विरुद्ध केन्द्रित रह्यो । ओलीले सरकारमा बसेर केवल उखानटुक्का र गफमै समय बिताए। कांग्रेस ‘दूधको साक्षी बिरालो’ जस्तै बनेर सत्तास्वादमा रमाइरह्यो ।
लोकतन्त्रमा असफलहरूलाई बदल्ने उपाय भनेकै निर्वाचन हो । तर आवेग, आक्रोश, उत्तेजना र प्रतिशोधले आवरणमा केही बेर परिवर्तन देखिए पनि दीर्घकालीन समस्या समाधान हुन सक्दैन ।
दुई–तिहाइको सरकारले देशका लागि यो एउटा उल्लेखनीय काम गर्यो भन्ने केही सुन्न पाइएन । जनताको विरोध बढ्न थालेपछि सरकारले सामाजिक सञ्जाल नै बन्द गरिदिएर जेनजीलाई आन्दोलन र विद्रोहमा निस्कन बाध्य तुल्यायो र अन्ततः सरकार ढल्यो ।
आज निर्वाचनको मिति नजिकिँदै गर्दा देश यसरी राजनीतिक रूपमा ध्रुवीकृत हुँदैछ कि नयाँ वैकल्पिक र पुराना शक्तिहरूका बिचमा ‘वारपारको लडाइँ’ हुन थालेको देखिन्छ । यद्यपि निर्धारित मितिमा निर्वाचन हुनेमा अझै शङ्का छ । अब निर्वाचनमा पुरानालाई पाखा नलगाएसम्म देशले निकास पाउने अवस्था देखिँदैन ।
लोकतन्त्रमा असफलहरूलाई बदल्ने उपाय भनेकै निर्वाचन हो । तर आवेग, आक्रोश, उत्तेजना र प्रतिशोधले आवरणमा केही बेर परिवर्तन देखिए पनि दीर्घकालीन समस्या समाधान हुन सक्दैन । यस्तो बलको लडाइँले कुनै खास व्यक्तिले जित्ला वा हार्ला, तर देशले जित्न सक्दैन ।
लोकतन्त्रको मुटु भनेको स्वच्छ र स्वस्थ निर्वाचन हो । समृद्धिको एजेन्डाभन्दा पनि एक–अर्कालाई सिध्याउने खेलले अर्को दुष्परिणाम निम्त्याउन सक्छ । पुरानाले नयाँको अस्तित्व नस्विकार्ने र नयाँले पुरानालाई जसरी पनि सिध्याउने परिपाटीले देशलाई निकास दिँदैन । यहाँ देश बनाउने एजेन्डाभन्दा पार्टी र व्यक्ति बन्ने एजेन्डाले प्राथमिकता पाएका छन् । व्यक्तिलाई ‘देवत्वकरण’ वा ‘राक्षसीकरण’ गरेर लोकतन्त्र बलियो हुँदैन ।
नयाँ शक्तिहरूमा पनि आर्थिक, वैदेशिक, श्रम, स्वास्थ्य र शिक्षा नीति कस्तो बनाउने भन्ने बहसभन्दा कुनै खास व्यक्तिलाई कसरी जिताउने वा हराउने भन्ने स्वर नै प्रबल देखिन्छ । हुन त एउटा सक्षम व्यक्तिले नेतृत्व गर्दा आमूल परिवर्तन हुने सम्भावना हुन्छ, तर उद्देश्यविहीन व्यक्ति केन्द्रित राजनीतिले अधिनायकवाद जन्माउने खतरा रहन्छ । जनताको भावनासँग खेलेर विरोधीलाई गाली गर्दै लोकप्रियता कमाउँदैमा दीर्घकालीन समाधान हुँदैन भन्ने कुरा विगतका अनुभवले सिकाएका छन् ।
प्रजातन्त्रको पुनर्बहालीपछि कांग्रेस, एमाले र माओवादीले देशमा आमूल परिवर्तन गर्ने आशा जगाएका थिए, तर उनीहरू सत्ताको स्वादमा नराम्ररी डुबे । उनीहरूले अनुशासन, कर्तव्य, विचार, त्याग र जिम्मेवारी जस्ता कुराहरू बिर्सिए । आज देशमा ठुला भ्रष्टाचारीको नाम लिँदा यिनै ठुला दलका नेताहरूको नाम अग्रपङ्क्तिमा आउँछ ।
नेपाली जनता परिवर्तन चाहन्छन् । तीन दशकसम्म अवसर पाउँदा पनि पुराना दलहरू असफल भए ।
राज्यको ढुकुटीमा केही सीमित व्यक्तिहरूको रजगज चल्दा देशको सामाजिक, आर्थिक र शैक्षिक पूर्वाधारमा सुधार हुन सकेन । जनता दुब्लाउँदै जाने र नेताहरू मोटाउँदै जाने अवस्था आयो । नेताहरूले जनमतको दुरुपयोग गरे । पछिल्लो चरणमा संसद्मा विधेयकहरू नै नपढी ढ्यापढ्याप पारेर पारित गर्ने जस्ता कार्यले जनमतको अपमान गरियो ।
नेपाली जनता परिवर्तन चाहन्छन् । तीन दशकसम्म अवसर पाउँदा पनि पुराना दलहरू असफल भए । पुरानाभित्रका ‘नयाँ’ भनिएकाहरूले पनि त्यो जन्जिर तोड्न सकेनन् । अहिले पुरानाका विरुद्ध वैकल्पिक शक्तिहरू आएका छन्, जसको सञ्चार र सामाजिक सञ्जालमा ठुलो चहलपहल छ ।
तर बाहिरको हल्ला र भीडले मात्र सबैको प्रतिनिधित्व गर्न सक्दैन । देशको नेतृत्व गर्न परिपक्वता र संवेदनशीलता आवश्यक हुन्छ । भीडको आवाज, हतार, आवेग र स्टन्टले नेतृत्व बलियो हुँदैन । नेतृत्वका लागि विचार, कुशलता, अनुशासन, त्याग र लोकतन्त्रप्रतिको प्रतिबद्धता जस्ता चारित्रिक विशेषता चाहिन्छ । लोकप्रियताको पछाडि मात्र लाग्दा विश्वका कतिपय देशहरू सङ्कटमा परेका उदाहरण छन् । त्यसैले विकल्प बन्नेहरूले निकै सचेत र सतर्क हुनुपर्छ ।
जेनजी र वैकल्पिक दलहरूले कांग्रेस, एमाले वा माओवादी सिध्याउने उद्देश्यभन्दा पनि देश बनाउने एकमात्र उद्देश्य लिएर निर्वाचनमा जानुपर्छ । रास्वपाले उज्यालो नेपालसँग एकता गर्दा वा बालेन्द्र शाहलाई साथमा लिँदा भएका सम्झौताहरूलाई टेकेर अघि बढ्नुपर्छ । देश बनाउने अभियानमा लागेपछि भ्रष्टाचारी दल र पात्रहरू स्वाभाविक रूपमा किनारा लाग्छन् । वैकल्पिकहरूले पुरानै संरचना र कार्यशैली पछ्याएर हुँदैन । उनीहरूले सैद्धान्तिक रूपमा आफ्नो जग बलियो बनाउनुपर्छ । राजनीतिलाई व्यवसाय वा व्यापार ठान्ने प्रवृत्ति त्याग्नुपर्छ ।
वैकल्पिक शक्तिहरू अलि बढी हौसिएका जस्ता देखिन्छन् । सात दशक पुराना दलहरूको त यस्तो अवस्था भयो भने भर्खरै जन्मिएका दलहरूले संयम अपनाउनु जरुरी छ । उनीहरूमाथि पनि प्रश्नहरू उठ्न थालेका छन् । मुद्दा खेपिरहेका व्यक्तिले कसरी वैकल्पिक शक्ति हाँक्न सक्छन् भन्ने आशङ्का छ । बालेन्द्रले महानगरमा गरेका वाचा पूरा नगरेको र आन्दोलन उक्साएर पछि हराएको आरोप छ । कुलमान घिसिङले पदबाट राजीनामा नदिई किन राजनीतिमा होमिए भन्ने प्रश्न छ । नेताले यी प्रश्नहरूको स्पष्ट उत्तर दिएर जनताको विश्वास जित्नुपर्छ ।
अहिले कांग्रेस–एमाले एक ठाउँमा आउने र नयाँहरू पनि एक ठाउँमा आएर एक–अर्कालाई सिध्याउने खेलले शान्ति र सुव्यवस्था ल्याउँदैन । विचारविहीन चुनावी ध्रुवीकरणले राजनीतिक स्थिरता दिँदैन । राजनीतिमा विचारको ध्रुवीकरण हुनुपर्छ । कांग्रेस र एमालेले आफ्नो अस्तित्व जोगाउने हो भने गल्ती स्विकारेर सच्चिनुपर्छ । दुवैले अहङ्कार त्यागेर समय अनुकूल चल्नुपर्छ । नयाँ र पुराना दुवैले द्वन्द्वको आगोमा घिउ थप्ने होइन, संयमित भएर लोकतान्त्रिक प्रक्रियाबाटै देशलाई समृद्धिको यात्रामा लैजानुपर्छ ।
(भर्जिनिया, अमेरिका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण