शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नक्कली नोट प्रकरणमा बाराबाट थप एकजना पक्राउ, कम्प्युटर बरामद

सोमबार, २१ पुस २०८२, १२ : ५१
सोमबार, २१ पुस २०८२

सारांश

  • बौद्धको जुत्ता पसलमा नक्कली नेपाली रुपैयाँ प्रयोग गरेको आरोपमा बाराबाट एक जना पक्राउ परेका छन्।
  • प्रहरीले यसअघि बाराबाटै गौरीशङ्कर यादवलाई पक्राउ गरेको थियो, र उनीहरूलाई काठमाडौं ल्याइँदैछ।
  • अनुसन्धानमा, नक्कली नोट बनाउन प्रयोग गरिने सामग्रीहरू रवि श्रीवास्तवको अफिसबाट बरामद गरिएको छ।

काठमाडौँ । काठमाडौँको बौद्ध स्थित जुत्ता पसलमा नक्कली नेपाली रुपैयाँ दिएर ठगेको घटना अनुसन्धान गर्दै जाँदा प्रहरीले बाराबाट थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रवि श्रीवास्तव छन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय बारासँगको समन्वयमा काठमाडौँबाट खटिएको प्रहरीले बाराबाट नै गौरीशङ्कर यादवलाई पक्राउ गरेको थियो । दुवै जनालाई काठमाडौँ ल्याइँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

आरोपीहरूले नेपाल भारतको सीमावर्ती क्षेत्रमा नेपाली नक्कली रुपैयाँ छाप्ने गरेको भेटिएको छ । रवि श्रीवास्तवले सञ्चालन गरेको अफिसबाट कम्प्युटर, लेजर टोनर र पैसामा प्रयोग गरिने लालिगुराँसको छाप भएको पेपर बरामद गरिएको एसपी भट्टराईले जानकारी दिए ।

बौद्ध चुच्चेपाटी स्थित लिनिङ स्टोरमा सिन्धुपाल्चोक घर भएका दावा नोर्वु शेर्पाले एकजोर जुत्ता र मोजा खरिद गर्दा तिरेको रकम नक्कली पुष्टि भएपछि प्रहरी वृत्त बौद्धले त्यसबारे अनुसन्धान सुरु गरेको थियो ।

सो घटनामा संलग्न आरोपमा काठमाडौँबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएर काठमाडौँको शंखरापुर बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका घर भएका ३२ वर्षीय प्रकाश गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिका घर भएकी ४२ वर्षीय रेणुका भारती, बलेफी गाउँपालिका घर भएका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौँ शंखरापुर घर भएका ४३ वर्षीय सुक बहादुर स्याङ्बो छन् ।

प्रहरीले अहिलेसम्म ९३ वटा हजार फर्जी नोट बरामद गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप