विशेष महाधिवेशनबारे मध्यमार्गी बाटो खोज्न शेखरले थाले छलफल
सारांश
- डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानबारे छलफल गरेका छन्।
- उनले विशेष महाधिवेशन वा नियमित महाधिवेशनबारे मध्यमार्गी बाटो खोज्नेबारे छलफल गरेका हुन्।
- विभिन्न नेताहरूसँगको छलफलमा पार्टीभित्रको विवाद समाधानबारे छलफल भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेबारे देखिएको विवाद समाधानको मध्यमार्गी बाटो के हुनसक्छ भन्नेबारे छलफल गरेका छन् ।
आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा सोमबार बिहान डा.कोइरालाले छलफल गरेका हुन् । छलफलमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल, कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महतसहितका नेताहरू सहभागी थिए ।
छलफलमा सहभागी केन्द्रीय सदस्य डा.पोखरेलले अहिले पार्टीभित्र देखिएको विवादको मध्यमार्गी समाधान के हुन सक्छ भनेर डा. कोइरालाले आफू निकटका नेताहरूसँग छलफल गरेको जानकारी दिए । ‘पार्टीभित्र देखिएको विवादको मध्यमार्गी समाधान के हुन सक्छ ? भनेर छलफल गर्नुभएको हो,’ डा.पोखरेलले रातोपाटीसँग भने, ‘मध्यमार्गी प्रस्ताव खोज्न भनेर हामीलाई भन्नुभएको छ । हामी केही बेरमा छलफल गर्छौँ ।’
शुक्रबार कार्यसम्पादन समितिले बहुमतले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहित ५ जनाले फरक मत राख्दै पुसभित्र विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व लिई निर्वाचनमा जानुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको छ । त्यसको मध्यमार्गी समाधान के हुन्छ भन्नेबारेमा डा.कोइरालाले छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण