प्रचण्डलाई पक्राउ गर्न माग गर्दै दायर रिटमा मिसिल फाइल झिकाउने आदेश
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको रिटमा अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दाको मिसिल फाइल झिकाउने आदेश भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
यसअघि पूर्णीमाया लामाले अग्नी सापकोटाविरुद्ध दायर भएको मुद्दाको मिसिल फाइल अवलोकनका लागि झिकाउने आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्व पीडितहरूको रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो ।
निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएको भन्दै नेकपाका संयोजक दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।
दाहाललाई प्रतिवादी बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाईँ, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङजाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुंगाकी लक्ष्मी श्रेष्ठले रिट दिएका हुन् ।
त्यस्तै, अर्को रिटका निवेदकहरूमा कल्याण बुढाथोकी रामेछाप, कमला राई तिमल्सेना भोजपुर, विनोद सापकोटा गोरखा, हुमराज दवाडी (लमजुङ), पम्फा बुढाथोकी रामेछाप, शिवकुमार बुढाथोकी रामेछाप, सुवास गिरी रामेछाप र चिरञ्जिविवास गिरी धनुषा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण