सिरियामा नयाँ नोटबाट हटाइयो अल–असद परिवारको तस्बिर
सारांश
- सिरियामा नयाँ बैंक नोटहरू प्रचलनमा आएका छन्, जसले पुरानो नोटलाई प्रतिस्थापन गरेको छ।
- नयाँ नोटले सिरियाली पाउन्डको मूल्यमा सुधार ल्याउने आशा गरिएको छ, किनकि मुद्रास्फीति उच्च रहेको छ।
- नयाँ नोटमा कृषि प्रतीकहरू छन् र यसले देशको अर्थतन्त्रलाई स्थिर बनाउन खोजेको छ।
सना । सिरियाभरि मुद्रा विनिमयमा नयाँ बैंक नोटहरू प्रचलनमा आइरहेका छन् । यसअघिका बैंक नोटमा सिरियाका अपदस्थ शासक बसर अल–असद र उनको परिवारलाई देखाइएको थियो ।
नयाँ नोटले ती सबै नोटहरूलाई प्रतिस्थापन गरेको छ । यस कदमले एक दशकभन्दा बढी समयदेखिको युद्धमा सिरयाली पाउन्डले गुमाएको केही मूल्य फिर्ता हुने आशा गरिएको छ । पुनः डिजाइन गरिएका नोटहरू महिनौंदेखि बनिरहेका छन् । यसलाई अर्थतन्त्रलाई स्थिर र पुनर्जीवित गर्ने र राज्यलाई रिब्रान्ड गर्ने व्यापक प्रयासको अंश बताइएको छ ।
सिरियाली पाउन्डको मूल्य घटेको छ । हालैका समयमा महँगी तेहेरो अंकमा पुगेको छ । सिरियाको केन्द्रीय बैंकमा विदेशी मुद्रा सञ्चिति २० करोड डलर मात्रै बाँकी रहेको २०२५ को अन्त्यतिर नाम गोप्य राख्ने सर्तमा एक अधिकारीले भनेको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले समाचार छापेको थियो । सन् २०१० को अन्त्यमा सिरियाको विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर थियो ।
सिरियाली पाउन्डको स्थिति सुधार गर्नु सिरियाका नयाँ अधिकारीहरूको लागि ठुलै चुनौती हुनेछ । यसमाथि सिरियाको आन्तरिक र बाह्य सुरक्षा चुनौतीहरू पनि छन् । केन्द्रीय बैंकले हालै पुराना मुद्राहरूबाट दुई वटा शून्य हटाएको थियो ।
नयाँ मुद्राहरूले नयाँ चरणको सुरुवातको संकेत गरेको गत हप्ता बैंक नोटहरू अनावरणपछि सिरियाली नेता अहमद अल–शाराले भनेका थिए । नयाँ सिरियाली नोटमा १० देखि ५०० सिरियाली पाउन्डका छन् । यी नोट जनवरी १ मा प्रचलनमा आएका थिए । यी नोटमा गुलाब, गहुँ, जैतून, सुन्तला र अन्य कृषि प्रतीकहरूको तस्बिर देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण