प्रतिनिधि सभा निर्वाचन : एमाले डोल्पाद्वारा ३ जना सिफारिस
सोमबार, २१ पुस २०८२, १८ : ४२
सुर्खेत । नेकपा एमाले डोल्पा जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
सोमबार दुनैमा बसेको जिल्ला कमिटीको बैठकले महिलालाई प्राथमिकतामा राख्दै उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
बैठकले सिफारिस गरेका उम्मेदवारहरूको पहिलो नम्बरमा बदमी कुमारी बोहोरा रहेकी छिन् । उनी २०७४ को निर्वाचनमा कर्णाली प्रदेश सभामा समानुपातिक सांसद थिइन् । पार्टीले महिला प्रतिनिधित्व र अनुभवलाई ध्यानमा राख्दै बोहोरालाई प्राथमिकतामा राखेको जनाएको छ ।
त्यस्तै, प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुने अन्य उम्मेदवारहरूमा लंक रोकाया र पूर्ण बहादुर डाँगी रहेका छन् ।
बैठकले सिफारिस गरिएका नामहरूलाई अन्तिम निर्णयका लागि पार्टीको केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण