सुर्खेत–काठमाडौँ ‘कर्णाली याक्स’ बस सेवा सञ्चालन
सुर्खेत । सुर्खेतबाट काठमाडौँका लागि ‘कर्णाली याक्स’ नामक सुविधा सम्पन्न बस सेवा सुचारु भएको छ । सोमबार औपचारिक रुपमा वीरेन्द्रनगरमा उक्त सेवाको शुभारम्भ गरिएको हो ।
अशोक लेल्याण्ड भाइकिङ डबल एयर सस्पेन्सन ‘कर्णाली याक्स’ विशेषतायुक्त यो बस सेवा सुर्खेत काँक्रेविहार यातायात प्रालिको स्वामित्वमा सञ्चालनमा ल्याइएको हो । काँक्रेविहार प्रालिका अध्यक्ष रमेश कुमार सापकोटका अनुसार बसमा सोफासेट, सुत्न मिल्ने सिटको व्यवस्था र कम इन्धन खपत हुने जस्ता विशेष सुविधाहरू छन् ।
उनले भने, ‘बस ४५ सिट क्षमताको छ, जसमा चारजना यात्रुले सुत्न मिल्ने विशेष सुविधा पाउनुहुनेछ । सहज र सुरक्षित यात्रा गराउनकै लागि ‘कर्णाली याक्स’ बस सेवा सञ्चालनमा ल्याइएको हो ।’
उनका अनुसार कम्पनीले उक्त बस प्रतिगोटा १४ लाख रुपैयाँमा खरिद गरिएको हो । अहिले पाँच वटा रात्रिकालीन बस सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण