‘आइ एम जीत बहादुर’ फिल्म बनाउँदै जितु नेपाल
सारांश
- अभिनेता जितु नेपालले 'आइ एम जीत बहादुर' शीर्षकको नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।
- फिल्म सुभेन्दु घोषको कथा र निर्देशनमा बन्नेछ, जसमा जितु नेपाल निर्माता र निश्चल कुँवर तथा नीरज नेपाल कार्यकारी निर्माता रहनेछन्।
- फिल्मको छायाङ्कन चाँडै सुरु हुने र सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँ । अभिनेता जितु नेपालले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । मंगलवार बिहान उनले सामाजिक सञ्जालमा फिल्मको फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै ‘आइ एम जीत बहादुर’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।
सुभेन्दु घोषको कथा तथा निर्देशनमा तयार हुने यो फिल्ममा जितु नेपाल निर्माताको रूपमा रहने छन् भने निश्चल कुँवर तथा नीरज नेपाल कार्यकारी निर्माताको रूपमा रहने छन् ।
छायाङ्कन चाँडै प्रारम्भ हुने जनाएको फिल्म सन् २०२६ मै प्रदर्शन हुने लक्ष्य राखिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छायाङ्कन चाँडै नै, प्रदर्शन मिति चलचित्र तयार भएपछि । हाललाई यत्ति । बाँकी जानकारी बिस्तारै... इमानदार थिएँ, छु र रहने छु । सकभर झुटो बोल्दिनँ, आफ्नो गल्ती आफैँ स्विकार्ने छु ।’
उनले ३२ वर्षको कलाकारिता यात्रामा एउटा सानो निर्माताको रूपमा आफू उदाउन लागेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण