एमालेले चुनाव हारेका विष्णु रिमाललाई दियो तीन ठाउँमा जिम्मेवारी
सारांश
- एमाले सचिवालय बैठकले उपमहासचिवमा पराजित विष्णु रिमाललाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ।
- रिमाललाई निर्वाचन परिचालन कमिटीको सचिव र घोषणापत्र मस्यौदा समितिमा सदस्यको जिम्मेवारी दिइएको छ।
- एमालेले रिमाललाई नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा चयन गरेको छ।
काठमाडौँ । नेकपा (एमाले)ले हालै सम्पन्न ११औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका नेता विष्णु रिमाललाई पार्टीका तीनवटा महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ।
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरेका समितिहरू र विभागमा रिमाललाई महत्वपूर्ण भूमिका दिएको हो।
महाधिवेशनमा पदाधिकारीमा पराजित भए पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने रिमाललाई निर्वाचनको तयारीका लागि पार्टीले ‘की’ रोलमा अघि सारेको छ।
जसअनुसार एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन गरेको ‘निर्वाचन परिचालन कमिटी’ को सचिवको जिम्मेवारी रिमाललाई दिएको छ।
यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठन भएको ‘घोषणापत्र मस्यौदा समिति’ मा पनि रिमाललाई सदस्य तोकिएको छ।
यसका साथै, एमालेको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा पनि रिमाललाई नै चयन गरिएको छ। बैठकले नियमावली संशोधन गर्दै अध्यक्ष ओलीको प्रस्तावमा रिमाललाई प्रतिष्ठानको अध्यक्ष बनाउने निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
-
पदक विजेता टेबलटेनिस खेलाडीहरू पाँच दिने भ्रमणका लागि थाइल्यान्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण