अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारप्रति एमालेको आपत्ति
सारांश
- एमालेले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिएको घटनाको विरोध गरेको छ।
- एमालेका अनुसार, अमेरिकी कदम अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रविपरीत छ।
- एमालेले तराईका जिल्लाहरूमा सामाजिक सद्भाव खलबलाउने गतिविधिप्रति पनि चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । नेकपा (एमाले) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले अमेरिकी सरकारको यो कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रविपरीत रहेको ठहर गर्दै यसको विरोध गरेको हो।
बैठकपछि पार्टीका उपमहासचिव लेखराज भट्टले कुनै पनि स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र अखण्डताको सम्मान हुनुपर्नेमा एमाले स्पष्ट रहेको बताए। उनले भने, "अमेरिकाले भेनेजुएलामा गरेको व्यवहार र विश्व न्यायिक दृष्टिकोणबाट यो कदापि स्वीकार्य हुन सक्दैन। हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा छौँ र संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा चल्न सबैलाई आग्रह गर्दछौँ।"
यही शनिबार अमेरिकी सेनाले एक विशेष अभियानमार्फत राष्ट्रपति मादुरो र उनकी पत्नीलाई भेनेजुएलाबाट नियन्त्रणमा लिई न्युयोर्क पुर्याएको थियो। उनीहरूमाथि लागुऔषध तस्करी र 'नार्को-टेरोरिज्म' को आरोप लगाइएको छ। एमालेले यस घटनालाई शक्ति राष्ट्रको बलमिच्याइँको रूपमा लिँदै विश्व समुदायलाई स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा फर्कन आह्वान गरेको छ।
यसैगरी, एमालेले पछिल्लो समय तराईका जिल्लाहरू जनकपुर र वीरगन्जमा देखिएको सामाजिक सद्भाव खलबलाउने गतिविधिप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। बैठकले कुनै पनि बहानामा धार्मिक वा सामाजिक द्वन्द्व भड्काउने काम नगर्न र आपसी भाइचारा कायम राख्न सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण